असार ७, भक्तपुरको सूर्यविनायक जङ्गलमा आयोजना गरिएको CW Fox Hunting नामक नेपालमा पहिलोपटक प्रतियोगिता एउटा आकर्षक कार्यक्रम गरी सम्पन्न गरिएको छ। उक्त प्रतियोगिता आयोजक नेपाल अमेच्योर रेडियो सम्बन्धि लामो समय देखी खोज तथा अनुसन्धान गर्दै आउनु भएका युवा बैज्ञानिक नवीन पौडेल (9N2NK) ले आयोजना गर्नु भएको थियो।

ह्याम रेडियो सम्बन्धी विगत लामो समयदेखि काम गर्दै आउनुभएका विशेषज्ञ सुरेश उप्रेतीले “अहिलेको डिजिटल वर्ल्डमा नेपालमा पनि ह्याम रेडियोको आवश्यकता र महत्वमाथि प्रस्तुतिकरण गरेका थिए।”

प्रतियोगिताको प्रथम स्थान इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियर देवसिंह ऐडि, द्वितीय स्थान गिली शेर्पा र तृतीय स्थान इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियर प्रवेश रुम्बाले प्राप्त गरेका छन्।

सो प्रतियोगिताका लागि प्रायोजकहरु Satish 9N1AA, Robert 9N7AA, Owada 9N7NQ, Zubin 9N2WF, Prashant 9N2PB, Ramesh 9N2RK, Suresh 9N1HA, Gelee Serpa ले गर्नु भएको थियो।

उक्त प्रतियोगिता आयोजक नवीन पौडेल(9N2NK) ले “अब केही समयभित्र नै अर्को रेडियो स्पोर्ट्स प्रतियोगिता गर्दै जाने र सबैभन्दा अग्लो चुचोरो सगरमाथा पाँच हजार फीट भन्दा माथि गएर ह्याम रेडियो चलाउने बताउनुभएको छ।”