नेता हरिभक्त कँडेल ‘प्रतीक’लाई ‘कार्यवाहक महासचिव’को जिम्मेवारी

नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद, नवसंशोधनवाद, आत्मसमर्पणवाद र संसदवाद हावी रहेको आजको परिस्थितिमा क्रान्तिकारी धाराको रक्षा गर्ने र यो धाराको विकास र विस्तारका लागि चुनौतीका चाङहरुलाई भत्काउँदै अगाडि बढ्नुपर्ने परिस्थितिमा कमरेड प्रतीकलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘कार्यवाहक महासचिव’को जिम्मेवारी पूरा गर्नुपर्ने एकसाथ चुनौती र अवसर प्राप्त भएको छ । वर्गसंघर्ष र अन्तर्संघर्षको लामो र जीवन्त अनुभव, विचार, राजनीति, संगठन र संघर्षका सबै मोर्चाको विशद अनुभव सँगाल्नु भएका नेता प्रतीकले कुशलतापूर्वक नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारालाई अगाडि बढाउन महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्ने सिंगो पार्टीपंक्ति र क्रान्तिकारी जनपंक्तिले अपेक्षा गरेका छन् । कम्युनिस्ट पार्टीमा नेतृत्व भनेको सामूहिकताको केन्द्रिकृत अभिव्यक्ति हो । पार्टी भनेको आफैमा विपरीतहरुको एकत्व हो । एकता, संघर्ष र रुपान्तरणले नै पार्टीलाई नयाँ जीवन र गति प्रदान गर्दछ । (वर्गदृष्टि साप्ताहिकबाट)


