विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी

२६ साउन, काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदैछन् ।
हमासले बन्धक बनाएका विपिनको खोजीका लागि आमा पदमा र बहिनी पुष्पा केही बेरमा फलाई दुबईबाट इजरायलका लागि उड्दैछन् । उनीहरु अहिले त्रिभुवन विमानस्थलमा छन् ।
लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न लागिएकोछ । त्यसकै लागि उनीहरु इजरायल जान लागेका हुन् ।
इजरायलले नै विपिनको परिवारलाई संयुक्त राष्ट्र संघमा पुर्याएर दबाब बढाउने रणनीति लिएको हो । नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बासले विपिनकी आमा र बहिनीलाई विमानस्थलमा बिदाइ गरेका गरेका छन् ।


