राक्सिराङको १७ औँ अधिवेशनबाट डा.स्याङ्तान सम्मानित

मकवानपुर,२०८१ पुष २५
मकवानपुरको विगट राक्सिराङ्ग गाऊँ पालिकाको सत्रौ हिउँदे अधिवेशन सम्पन्न भएको छ। उक्त कार्यक्रम बागमती प्रदेशको मुख्य मन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यमा भएको थियो भने प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौला लगायत सुरक्षा निकायका उच्च आधिकारीहरुको उपस्थिति थियो। उक्त कार्यक्रममा डाक्टर प्रबिन कुमार स्याङ्तान गाउँ पालिकाका कै पहिलो र एकमात्र डाक्टर भएको भन्दै प्रेरणादायी व्यक्तित्वको रूपमा मुख्य मन्त्री बहादुर सिं लामाले प्रमाण पत्र र नगद सहित सम्मान गर्नुभयो। मन्त्री लामाले राक्सिराङ्गको सर्वाङ्गीण विकासमा आफुले खेल्नुपर्ने भूमिकाको लागि सधैं तत्पर रहेको र रहने बताउनुभयो साथै आफु मातहतका निकायलाई सो अनुरुप कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ। उक्त कार्यक्रममा बाेल्दै स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका अगुवाहरुले राक्सिराङ्गको एकमात्र आयस्रोत गाजा भएकोले गाजालाई वैधानिक बनाउन निति निर्माणमा तहमा पहल गर्न प्रतिनिधि र प्रदेश सभा सदस्यहरूलाई अग्रह गरेका छन्।
यसैगरी पालिकाको उपाध्यक्ष बनस्तम थिङ ले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नू भयो “यस राक्सिरङ गाउँपालिकाको किसानहरूको टाउकोमा लागेका नाम्लोको डामहरू कहिले हट्ने,भिर पाखामा गाँस दाउरा गर्दै ज्यान जानू पर्ने” लगायतका समस्या हरुमाथी वाग्मती प्रदेशको मुख्यमन्त्री र प्रतिनिधि सभा सदस्य सामु ध्यानाकर्षण गराउनु भएको छ।
सो कार्यक्रममा विभिन्न जातजातिको संस्कृति झल्किने नृत्य समेत प्रदर्शन गरेका थिए।







