नेपाल इन्जिनियरिङ कलेज (नेक)भक्तपुरले बिगत लामो समय देखि इन्जिनियरिङ अध्ययन गर्न चाहने जेहेन्दार निम्नआर्थिक अवस्थ भएका विद्यार्थीहरुलाई प्रादेशिक छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

कलेजले यस वर्षको प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा आगामी मंसिर २ गते घोषणा गरे सँगै इन्जिनियरिङ विधाका सात ओटा विषयमा स्नातक तहमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई प्रदेश अनुसार आबश्यक छात्रवृत्ति दिने भएको छ । परीक्षा भक्तपुर चाँगुनारायण स्थित नेक कलेजमा आगामी मसिर २ गते हुनेछ । नाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित यस कलेजले देशका पिछाडी परेको सबै क्षेत्रका विद्यार्थीहरुले इन्जिनियरिङ शिक्षा सहजताका साथ हासिल गर्न सकुन् भन्ने उद्देश्यले प्रादेशिक छात्रवृत्ति दिन सुरुवात गरिएको कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताए । विषेश गरी सरकारी स्कुलबाट कक्षा १० र कक्षा १२ पास गरेका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर छात्रवृत्ति दिइने गरिन्छ त्यसका लागि विद्यार्थीले प्रदेशको स्थानीय तहबाट सिफारिस समेत ल्याउनु पर्ने प्रावधान रहेकोछ ।