कुलेखानी बाँध भरिन लागेकोले सतर्क रहन अत्यन्त जरूरी सूचना ।

कुलेखानी बाँध भरिन लागेकोले सतर्क रहन अत्यन्त जरूरी सूचना ।
कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको छ।
तसर्थ कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्नुहुन अनुरोध गरिन्छ।
मकवानपुर जिल्ला विपद व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनरुप सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन समेत अनुरोध छ।
सञ्चारमाध्यमका साथीहरूले यो पूर्वसूचना प्राथमिकताका साथ सम्प्रेषण गरिदिनु हुन समेत अनुरोध छ।


