त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन रोक लगाएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन रोक लगाएको छ । मङ्गलवार एक सूचना जारी गर्दै पनिकाले कर्मचारीहरूलाई कार्यालय समयमा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग पूर्ण रूपमा बन्द गर्न अनुरोध गरेको हो ।
“कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग भइरहेको जनगुनासो प्राप्त भएकाले अब आइन्दा ईमेल, इन्टरनेटबाट हुने कार्यालयको कामकाज बाहेक टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग पूर्ण रूपमा बन्द गर्नु हुन सबैलाई सूचित गरिन्छ,” परीक्षा नियन्त्रक पुष्पराज जोशीको हस्ताक्षर रहेको सूचनामा उल्लेख छ ।



