एमालेले ल्यायो ०८४ मा पहिलो पार्टी बन्ने रोडम्याप
‘निर्णायक राष्ट्रिय शक्ति निर्माणः वार्षिक कार्ययोजना’ शीर्षकको उक्त प्रस्ताव ‘मिसन ग्रासरुट’ र ‘मध्य पहाडी संकल्प यात्रा’को अनुभवका आधारमा ल्याइएको उल्लेख गरिएको छ । अब ल्याइने पार्टी कार्यक्रमको उद्देश्य आगामी चुनाव ०८४ बाट एमालेलाई पहिलो र बलियो शक्ति बनाउनु रहेको प्रस्तावमा भनिएको छ ।

बुधबार पनि चल्ने पोलिट्ब्यूरो बैठकमा मंगलबार प्रस्तावित कार्यक्रमलाई बुँदागत र विषयगत रुपमा समेटिएको छ ।


