नेपाल–चीन सिमाना केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प


काठमाडौं। नेपाल–चीन सिमाना केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान ६ बजेर ५० मिनेटमा चीन–नेपाल सिमाना केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।
भूकम्पले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् ।